भारतमा कोरोना भाइरसको कारण मंगलबार एकै दिन ३१ को ज्यान गयो

नयाँ दिल्ली, २५ चैत । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बिस्तार भएको छ । मंगलबार एकै दिन नोवेल कोरोना भाइरसका कारण भारतमा ३१ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । यस्तै सोमबार थप ७ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या चार हजार २ सय १ पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३ सय १ जना संक्रमित स्वस्थ भएर घर फर्किएका छन्।भारतमा अहिलेसम्म १ लाख १ हजार भन्दा बढीको परीक्षण सम्पन्न भएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ । सोमबार महाराष्ट्रमा कोरोना भाइरसका १ सय २० नयाँ संक्रमित पुष्टि भएका हुन् । राज्यमा कुल संक्रमितको संख्या ८ सय ६८ पुगेको छ ।

यस्तै सोमबार महाराष्ट्रमा सात जनाको मृत्यु भएसँगै राज्यमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । यस्तै राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय २५ पुगेको छ र अहिलेसम्म सातजनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *