भारतमा कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ ।विश्व स्वास्थ्य संगठनले अध्यावधिक गरेको पछिल्लो जानकारी अनुसार संक्रमितको संख्या २६ हजार नौ सय १७ जना पुगेको हो ।

विगत २४ घण्टामा मात्र एक हजार ९ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।२० हजारभन्दा बढी अझै अस्पतालमा उपचाररत रहेका छन् भने ५ हजार ९ सय १३ जना निको भएर घर फर्किएका छन् ।कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतभर लकडाउन लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *