भारतमा पाम तेल प्रतिबन्ध, मारमा नेपाली उद्योग

मुम्बई : भारतले नेपाल र बंगलादेशबाट तयारी पाम तेल आयात गरिरहेका ३९ भारतीय कम्पनीको आयात इजाजत रद्द गरिदिएको छ। ती आयातकर्ता फर्मले नेपाल र बंगलादेशबाट ४ लाख ५२ हजार ३ सय ३ टन तयारी पाम तेल आयात गर्ने लाइसेन्स लिएका थिए। यससँगै पुनः नेपालबाट भारत पाम तेल निकासीमा अड्चन उत्पन्न भएको छ।

भारतले गत पुसको अन्तिमतिर तयारी पाम तेलको आयात रोकेको थियो भने कच्चा पाम तेल आयातमा भन्सार बढाएको थियो। साफ्टाको प्रावधानअनुसार ३० प्रतिशत मूल्य अभिवृद्धि गरेर भारतमा तयारी पाम तेल निकासी गर्ने नेपाली उद्योग मारमा परेका थिए।

प्रतिबन्ध लगाएको एक महिनापछि भारतले पुनः त्यहाँका कम्पनीले लाइसेन्स लिएर निश्चित कोटामा आयात गर्न दिने व्यवस्था गरेको थियो। यसरी तयारी पाम तेल आयातका लागि भारतीय आयातकर्ता फर्मलाई दिएको अनुमति भारतले पुनः खारेज गरिदिएसँगै नेपाल र बंगलादेशबाट भारतमा तयारी पाम तेल निकासी अनिश्चित भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *