भारतमा लकडाउन दुई हप्ता थपियो

काठमाडौं : भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ। यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे द हिन्दुस्तान टाइम्सले जनाएकाे छ। भार तमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो।

लकडाउनका बाबजुद् भारतमा को;रोना भा’इरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ । शुक्रबार सम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ । अ’चानक लकडाउन घोषणा गरेपछि भारतका विभिन्न सडकमा आप्रवासी मजदुरहरु अहिले पनि अड्किएका छन्।

ति मध्ये कतिपय सयौं किलोमिटर हिँडेर घर फर्किएका छन् भने केहीलाई प्रदेश सरकारहरुले घर ल्याएका छन्। को;रोना भाइरस न्युनी करणका लागि गरिएको लक डाउन भारतले थप दुईहप्ता बढाएको छ । भारतमा अब मे १७ सम्म लकडाउन हुने आजतकले जनाएको छ । गृह मन्त्रालयले यस्तो जानकारी गराएको आजतकको समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *