भारतमा वितेको २४ घण्टामा ४ हजार बढी संक्रमित फेला परे, १ सय बढीले ज्यान गुमाए

नयाँ दिल्ली, २९ बैशाख । छिमेकी राष्ट्र भारतमा वितेको २४ घण्टामा चार हजार भन्दा बढी कोरोना संक्रमित फेला फेला परेसँगै संक्रमतिहरुको संख्या ६७ हजार नाघेको छ । ताजा अपडेट अनुसार कन्फर्म गरिएको कोरोना संक्रमितहरुको संख्या ६७ हजार १५२ जना पुगेको छ ।

कुल संक्रमितमध्ये २ हजार २०६ को ज्यान गइसकेको छ । विगत २४ घण्टामा मात्रै पनि एक सय जना भन्दा बढीले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका जानकारी गराइएको छ ।

हालसम्म २० हजार ९१७ जना कोरोना संक्रमितहरु निको भइसकेका छन् । यसैबीच ४४ हजार २९ वटा कोरोना संक्रमणका केसहरु सक्रिय छन् ।कोरोनाबाट सबै भन्दा बढी प्रभावित क्षेत्र नै महाराष्ट्र हो । हालसम्म महाराष्ट्रमा मात्रै कोरोना संक्रमितहरुको २२ हजार १७१ जना पुगिसकेका छन् । जसमध्ये ८३२ को ज्यान गइसकेको छ, भने ४ हजार १९९ जना निको भइसकेका छन् ।

त्यसपछि गुजरातमा पनि कोरोना संक्रमितहरुको संख्या ८ हजार १९४ पुगेका छन् । जसमध्ये ४९३ को ज्यान गइसकेको छ ।यता तमिलनाडुमा पनि ७ हजार २०४ जना कोरोना संक्रमितहरु फेला परिसकेका छन्, भने ४७ जनाको ज्यान गइसकेको छ ।

दिल्लीमा पनि संक्रमितहरुको संख्या करिब ७ हजार पुगिसकेको छ । हालसम्म दिल्लीमा संक्रमितको संख्या ६ हजार ९२३ पुगिसकेको छ, भने ७३ को ज्यान गइसकेको छ ।

यता राजस्थानमा ३ हजार ८ सय १४ जना कोरोना संक्रमितहरु फेला परिकसेका छन्, भने १०७ को ज्यान गइकसेको छ ।त्यस्तै, आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, असम, बिहार, चंढीगढ, छत्तिसगढ, गोवा, हिमाचल, हरियाना, जम्मु कश्मिर, पञ्जाव, तेलंगना, उत्तराखंड, त्रिपूरालगायतका क्षेत्रमा पनि हजारौं संक्रमित फेला परेका छन्, भने सयौंले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *