भारतमा २८ नेपालीमा कोरोना संक्रमण, एक जनाको ज्यान गयो

काठमाडौं । भारतमा २८ जना नेपालीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।दिल्लीस्थित भारतका लागि नेपाली राजदूतावासका अनुसार संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका उनीहरुको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएको दूताबासले जनाएको छ ।

संक्रमित २८ मध्ये १२ जना निको भइसकेका र एकजनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा पाल्पा जिल्लाका ४५ वर्षीय पुरुष भएको बताइएको छ।त्यस्तै १५ जना उपचारमा रहेको दूताबासले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *