भारतले बनाएकाे सडककाे विरोधमा १ मिनेट ब्ल्याकआउट गराैं : रमेश खरेल

काठमाडौं, ३० वैशाख । भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरेपछि नेपाल-भारत सीमा विवाद सम्बन्धी बहस फेरी शुरु भएको छ । भारतले उक्त सडक उद्घाटन गरेपछि यतिबेला सडकदेखि सदनसम्म तातिएकाे छ ।

काेराेना भाइरसले गर्दा मुलक लकडाउनमा भएतापनि भारतविरूद्ध देशका विभिन्न ठाउँमा विराेध प्रदर्शनहरु भइरहेका छन् । सदनमा पनि सांसदहरूले नेपाल-भारत सीमामा काँडेतार वा पर्खाल लगाउनु पर्ने मागहरू उठिरहेका छन् ।

यसैबीच पूर्व डीआइजी रमेश खरेल नेतृत्वको हाम्रो नेपाल सुशासन अभियानले आज साँझ १ मिनेट बत्ती निभाएर भारतको विरोधमा ब्ल्याक आउट गर्न अनुरोध गरेको छ ।

आज मंगलबार बिहान एक भिडियो सन्देश जारी गर्दै कोरोना भाइरस महामारीको यो विपत्तीको बेला मौका छोपी भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरी उद्घाट्न गरेकाे भन्दै अभियानले साँझ बेलुका ठीक साढे ७ बजे एक मिनट बत्ती निभाउन अनुरोध गरेको हो ।

जारी भिडियाे सन्देशमा भनिएकाे छ- ‘भारत सरकारको हेपाह प्रवृति, नेपालको पूर्व शासक र सरकारको निकममापनको फाइदा उठाई भारतले नेपालको भूमी अतिक्रमण गरी बाटो बनाएको विरोधमा हाम्रो नेपाल शुसानको तर्फबाट आज साँझ साढे सात बजे एक मिनेट बत्ति निभाई विरोध जनाऔँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *