भारतले सहयोग स्वरुप नेपाललाई दियो २३ टन औषधि

काठमाडौं : भारतले नेपाललाई सहयोगस्वरुप १८ थरीका २३ टन औषधि उपलब्ध गराएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाह पथमा आयोजित एक कार्यक्रममा भारतीय राजदूत विनय क्वात्राले ती सामग्री स्वास्थ्यमन्त्री भानु भक्त ढकाललाई हस्तान्तरण गरेका हुन्।

विश्वव्यापाी महामारीबाट प्रभावित बनेको यस्तो जोखिम र संकटपूर्ण अवस्थामा नेपालमा आवश्यक पर्ने औषधि भारतले सहयोग गरेको मन्त्रालयका निर्देशक महेन्द्र श्रेष्ठले बताए। ‘भारतले १८ थरीका २३ टन औषधि दिएको छ। त्यसमा एन्टिबायोटिकदेखि अन्य औषधि हरु छन्,’ उनले भने। स्वास्थ्यमन्त्री ढकालले आवश्यक परेको बेलामा मित्रराष्ट्र भारत सरकारले औषधि दिएकोमा धन्यवाद दिए।

नेपालमा वर्षा सुरु हुन लागेकोले त्यो अगावै थप औषधि आए वर्षाको बेला महामारीसँग लड्न केही सहज हुने बताए। ‘भारत आफैँ को;रोनाको संक्रमणसँग जु’धिरहेको बेला नेपाललाई औषधि दिएर सहयोग गरेकोमा धन्यवाद,’ उनले भने, ‘वर्षा लाग्दैछ, त्यस्तो बेलामा महामारी फैलन सक्छ, त्यसअघि नै दोस्रो लटको औषधि पाए हामीलाई सजिलो हुन्थ्यो।’

राजदूत क्वात्राले भारत सरकारले दिने दोस्रो लटको औषधि केही समय पछि आउने बताए। त्यसका लागि तयारी भइरहेको उनले बताए। नेपालले को;रोनाको संक्रमण रोकेकोमा उनले प्रशंसा गरे। ‘क्वत्राले भने, कोरोना नियन्त्रण गरेर नेपालले दक्षिण एसियामा उदा हरण प्रस्तुत गरेको छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *