भारतसँग सधैँ बाझेर सकिँदैन, सीमामा पर्खाल र काँडेतार लगाऊँ : माधव नेपाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सधैँ विवाद गर्नुभन्दा भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुने बताएका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सीमाको विषयमा सधैँभरी विवाद गर्नुभन्दा ‘कन्ट्रोल’ गर्नु राम्रो हुने बताएका हुन्। उनले त्यसका लागि काँडेतार वा पर्खाल खडा गर्नु नै उपयुक्त हुने सुझाव दिएका छन्। विभिन्‍न ठाउँमा सीमा मिच्‍ने, दशगजा क्षेत्रमा बाँध बाँध्‍ने, सुरक्षा फौज तैनाथ गर्ने र सडक बनाउने काम गरिरहेकाले त्यसलाई रोक्न छलफल गर्नुभन्दा सीमामा काँडेतार वा पर्खाल लगाउनुपर्नेमा जोड दिएका हुन्।

‘जहाँ पनि समस्या पाइराखेको छ। सीमा मिच्ने काम भइराखेको छ। पिलर भत्काउने अनि सार्ने काम भइराखेको छ। बाँध बाँध्ने दसगजा क्षेत्रमा यस्तो काम भइराखेको छ। त्यसपछि हुँदाहुँदा त सुरक्षा फौजको तैनाथी र बाटो निर्माण पनि भयो’, उनले भने, ‘त्यसैले नियमन गर्ने काममा ध्यान दिन पर्‍यो। नियमनलाई कसरी व्यवस्थित गर्न सकिन्छ। अझ सीमै पनि कसरी व्यवस्थित गर्न सकिन्छ भन्‍ने कुरामा जानै पर्ने भो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *