भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी पक्राउ

काठमाडौै : छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि नेपालमा विरोध सुरु भएको छ। शनिबार दिउँसो भारतीय हेपाहा प्रवृत्तिको विरोधमा भारतीय दुतावास लैनचौर घेराउ गर्न पुगेका युवा-विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

भारतले नेपाली भूमि मिचेर सडक मार्ग खोलेको विरोध गर्न सत्तारुढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता सुदेश पराजुलीको नेतृत्वमा पुगेका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्ले कार्डसहित शान्तिपूर्ण रुपमा सांकेतिक रुपमा विरोध गर्न पुगेका १५/२० जना विद्यार्थीलाई प्रदर्शन सुरु हुनु अगावै प्रहरीले पक्राउ गरेको हो। भारतले नेपाली भु­भाग मिचेको बिषयलाई परराष्टमन्त्रीको ध्यानाकर्षण गराउन युवाहरुले एसएमएसमार्फत पनि दबाव गर्न थालेका छन्।

भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको शुक्रबार उद्घाटन गरेको सञ्चार माध्यमले सार्वजनिक गरेपछि नेपालीले विरोध जनाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *