भोकमारीका कारण बाबुले गरे आत्माहत्या, सन्तानको भयाे बिचल्ली

सुन्दरहरैंचा / काेराेना कहरका कारण लामाे समयदेखि भएकाे लकडाउन तथा बन्दका कारणले आर्थिक मन्दी भए पछि ठेला चलाउँने व्यवसायमा समेत समस्या भएको हुँदा भोकमारी सहन नसकेर माेरङ सुन्दरहरैंचाका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

सुन्दरहरैंचा १० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीले भाेकमारीकाे पीडा सहन नसकेर आफ्नै घरमा आत्महत्या गरेका हुन् । दर्जीले आत्महत्या गरेपछि अहिले उनकाे परिवारमा ससाना छोराछोरीको बिचल्नी भएको छ । वैदेशिक राेजगारीकाे लागि भारत गएकी अशाेककी श्रीमति पनि उतै अलपत्रमा छिन् । विदेश पठाउने भन्दै दलालले श्रीमतीलाई दिल्ली पुर्‍याएका थिए । दिल्ली पुग्नेबित्तिकै लकडाउन सुरु भएकोले बेखर्ची भएर उनी दिल्लीमा अलपत्र परेकी छन् । धन कमाउने तथा राम्रो दिन फेरिने आशामा अशोककी श्रीमती विदेश जान तयार भएकी हुन तर दलालले दिल्ली पुर्‍याएर अलपत्र पारिदिए । अशाेककाे परिवारमा अहिले पीडा माथि पीडा थपिएको छ ।

अशोक लामो समय देखि ठेला चलाउँने व्याति हुन । लकडाउन सुरु हुनुभन्दा केही महिना अघिदेखि उनले निर्माण मजदूरको काम पाएकाे भए पनि लकडाउनले उनको काम रोकीएर परिवार पाल्न थप समस्या भएको थियाे । लकडाउन अघि उनले दुःख गरेर दैनिकी चलाएर ६ जनाको परिवार जसाेतसाे पालेका थिए ।

लामाे समय देखि वन्द र लकडाउन भएर आर्थिक मन्दी भएर आफुले कमाउँदै अाएकाे आम्दानीकाे स्रोत एकाएक घटे पछि उनकाे घरमा खाने अन्न समेत भएन । केही दिनअघि उनले परिवार पाल्नकै लागि घरमा भएको सिलिण्डर ग्यास चल्याे लगायतका केहि समान समेत बेचेकाे भए पनि तेसले पनि पुगेन । सुन्दरहरैंचा नगरपालिका–१० का वडाध्यक्ष राजेन्द्रबहादुर थापाले आर्थिक अवस्था अति कमजोर भएका दर्जीले आत्महत्या गरेको बताए । मृत्युपछि आर्थिक अवस्था कमजोर भएको परिवारलाई संघसंंस्थाले सहयोग गरिरहेको समेत थापाले उल्लेख गरे ।

अति गरिव भएको कारणले भोकमारीकाे पीडा सहन नसकेर आत्महत्याको बाटो रोजेकाे तथा अशोकले आत्महत्या गरेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको अहिले बिचल्ली भएको दलित उत्थान समन्वय समितिका नगर अध्यक्ष कुमार मिजारले बताए । अशोककी २१ वर्षीया छोरीको भने घर नजिकै रहेको चाैधरी परिवारमा विवाह भइसकेको तथा एक छाेरी अपांग रहेकी मिजारले उल्लेख गरे । अशाेककाे आत्महत्यापछि आफुहरुकाे टाेली घटनास्थल पुगेर हेर्दा छातीमा राख्नका लागि घरमा एक मानो चामल समेत नभएकोले चन्दा उठाएर पोष्टमार्टम गरेर दाहसंस्कार गरेकाे मिजारले बताए ।

उनले मजदूरी गरेर गुजारा चलाउने दर्जीले आर्थिक अवस्था कमजोर भएका कारण आत्महत्या गरेकाे हुन सक्ने अनुमान स्थानीयहरुले गरेकाे तथा अशाेककाे परिवार विपन्न भएकोले छोरा–छोरीले मागेर खाना खाएको उल्लेख गर्दै भोकमारी सहन नसकेर दर्जिले अात्माहत्या गरेका कारण दिल्लीमा अलपत्र परेकी श्रीमतीलाई फर्काउन समस्या भएको मिजारले पूर्वेली न्यूजसंगकाे थप कुराकानीमा उल्लेख गरे । पुर्बेली खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *