भोलिदेखि लकडाउनमा कडाई

काठमाडौं : सरकारले उद्योग धन्दा खोल्न दिने निर्णय फिर्तां लिने भएको छ। को;रोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाई गर्ने भएको हो। गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

मुलुकमा को’रोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो।गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले दिएको जानकारी अनुसार, ‘बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो।’ अधिकारी का अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ । सञ्चार कर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

लकडाउन खुकुलो पारिएसँगै सडकमा जाम हुन थालेको छ भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खुलेका थिए । तर बैंक तथा वित्तीय संस्था खोल्ने खोल्ने नाममा लकडाउनलार्ई खेलाची नगर्न निर्देशन दिएका थिए । त्यतिमात्रै होइन राजधानीमा अवाश्यक नपर्ने, कपडादेखि भाँडा पसलहरु समेत खुल्न थालेका थिए । तरकारी बजारहरुमा दुरी कायम नगरी मानिसहरु हेलचेक्र्याई पूर्वक हिँड्ने क्रम पनि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *