मन्त्रिपरिषद बैठक जारी, लकडाउनबारे निर्णय हुने

लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बसिरहेको छ। बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन कति समय थप्ने भनेर निर्णय गर्ने बताइएको छ।

यसअघि मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन थप्नु पर्ने सुझाव दिएको थियो।प्रधानमन्त्री केपी शर्मा ‌ओलीको उपस्थितिमा बसेको बैठकमा लकडाउनको मोडालिटीबारे प्रस्ताव ल्याइएको थियो। तर प्रधानमन्त्री ओलीले भारतमा समेत कोरोना संक्रमण बढिरहेकाले तत्काल खुकुलो पार्न नसिने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *