महाकाली नदीमा बगेर अचेत भएकी एक महिलाको सेनाको हेलिकप्टरबाट उद्दार

दार्चुला, १४ वैशाख । महाकाली नदीमा बगेर अचेत अवस्थामा रहेकी महाकाली नगरपालिका‐४ बंगाबगडकी ३० वर्षिया सपना तिंकरी ऐतवालको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेर थप उपचारका लागि कोहोलपुर मेडिकल कलेज कोहोलपुर लगेको छ ।

आइतबार बिहान करिव ६ः३० बजेतिर उनी नेपाल भारत सिमा भएर बग्ने महाकाली नदिमा बगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सदरमुकाम स्थित दुमपानी भन्ने स्थानबाट बगेकी उनी ७ सय मिटर तल गल्फै क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले जिवितै उद्दार गरी उपचारका लागी जिल्ला अस्पताल दार्चुला लगेका थिए ।

जिल्ला अस्पताल दार्चुलामा उनको उपचार सम्भव नभएपछि कोहोलपुर रेफर गरिएको अस्पतालका प्रमुख डा.गजेन्द्र दुवालले जानकारी दिनुभयो । ३० वर्षिया महिलाको १० बजेर ४६ मिनेटमा नेपाली सेनाको दार्चुला स्थित दुर्गादल गुल्ममा ल्याण्ड भएको एन‐ए ०५५ कल साइन भएको हेलिकप्टबाट उद्दार गरिएको गुल्मपति श्यामराजा विक्रम थापाले बताउनुभयो । उनी नदीमा कसरी बगेकी हुन भन्ने बारे खुल्न नसकेको प्रहरीले जनाएको छ । सपना सम्म अचेत अवस्थामा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *