महाबीर पुनले निर्माण गरेको पिपिई दाङका एम्बुलेन्स चालकहरुलाई नि:शुल्क वितरण गरियो

दाङ, २ बैशाख । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महावीर पुनले बनाउनु भएको पिपिई दाङका एम्बुलेन्स चालकलाई उपलब्ध गराइने भएको छ। दाङका एम्बुलेन्स चालक र रक्तसंचार केन्द्रमा कार्यरतहरुका लागि डा. महाबीर पुनले नि:शुल्क उपलब्ध गराउनु भएको ३६ थान व्यक्तिगत सुरक्षा सामग्री पिपिई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई आज मंगलबार हस्तान्तरण गरिएको छ।

महाबीर पुनले बनाउनु भएको पिपिई दाङमा ल्याउन भूमिका खेल्नु हुने युवा समाजसेवी नरेन्द्र पुन तथा उक्त पिपिई काठमाडौबाट दाङसम्म ल्याई पुर्याउन सहयोग गर्नु हुने शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमलाई प्रजिअ रिजालले धन्यवाद दिँदै प्राप्त भएको पिपिई दाङमा आपतकालीन यो बेलामा संचालनमा रहेका १४ वटा एम्बुलेन्स, रक्तसञ्चार केन्द्रलाई वितरण गरिने बताउनु भएको छ।

प्रजिअ रिजालले भन्नुभयो, प्राप्त भएको पिपिई अब पालैपालो बोलाएर एम्बुलेन्स चालकलाई दिन्छौँ, यसले उहाँहरु र एम्बुलेन्समा सवार हुने विरामीलाई थप जाखिम हुनबाट बचाउनेछ।

‌दाङमा करिव ५ दर्जन एम्बुलेन्स भएपनि विपदको यो बेलामा १४ वटा एम्बुलेन्स चौबिसै घण्टा सेवारत छन्। अरु एम्बुलेन्स आवश्यकता अनुसार परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ।

‌विश्वभर महामारीका रुपमा फैलिएको कोरानाको महाविपत्तिका बेलामा चौविसै घण्टा खटिएका दाङका एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई राष्ट्रिय आविष्कार केन्द्रले पिपिई उपलब्ध गराई दाङलाई सहयोग गरेको भन्दै प्रजिअ रिजालले डा. महावीरलाई धन्यवाद दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *