महिनावारीका बेला अत्यधिक रक्तश्राव, युवतीलाई बचायो डिएसपीको रगतले

बैतडी । महिनावारीका बेला अत्यधिक रक्तश्राव भएकी एक युवतीलाई बैतडीस्थित प्रहरी प्रमुखले रक्तदान गर्नुभएको छ । दशरथचन्द नगरपालिका–८ की जिल्ला अस्पतालमा उपचाररत युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले सोमबार रगत दिनुभएको हो ।

बी पाजेटिभ रगत अभाव भएपछि बिरामीका आफन्तले सशस्त्र प्रहरीलाई गुहारेको थियो । युवतीको अहिले जिल्ला अस्पतालमै उपचार भइरहेको छ । रगत दानपश्चात युवतीको ज्यान बचेको डा जोशीले बताउनुभयो । लकडाउनका समयमा कहिँकतै रगत नपाएर समस्यामा परेकी युवतीलाई रगत दिन पाउँदा खुसी लागेको प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *