महोत्तरीमा एकै टोलका ४ जनाको रहस्यमय मृत्यु

काठमाडौं । महोत्तरीमा एकै टोलका ४ जनाको रहस्यय किसिमले मृत्यु भएको छ। भंगहा नगरपालिका ७ मेघनाथ गोरहन्नाका स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, वर्षका लालबाबु सिंह र बर्दिबास नगरपालिका बस्ने ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको हो ।

सबै मदिरा सेवन गर्ने गरेका कारण विषाक्त मदिराबाट उनीहरुको मृत्यु भएको हुन सक्ने वडाध्यक्ष बासुदेव सिंह थारुले बताए । चारैजनाको शव गाउँलेले फरक फरक ठाउँमा जलाउन लगेपछि प्रहरीले रोक्ने प्रयास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *