माछा मार्न सीमा क्षेत्रमा गएका ४ नेपाली भारतीयको नियन्त्रणमा

कञ्‍चनपुर – माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका ४, बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन् । गाउँपालिकाको वडा ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन् ।

सीमास्तम्भ नम्बर ७८५र२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्न गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई दुई भारतीयले नियन्त्रणमा लिई भारततर्फ लगेका छन् ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुसँग भारतीय पक्षले जनही २० हजार रुपैयाँ फिरौती रकम मागेको खबर निजका परिवारजनबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बीओपी० बेलडाँडीमा प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल ३५ हेडक्‍वार्टर शैलेश्‍वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

बीओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक गङ्गादत्त बोगटीको कमान्डमा गएको सातजनाको टोलीले भारतीय एसएसबीको टाटरगन्जसँग समन्वय गरिरहेको छ । उनले भने, “भारतीयहरुले नियन्त्रणमा लिएका व्यक्तिहरुबारे खोजबिन गरिरहेका छौं ।”

यसैगरी पुनर्वास नगरपालिका ८, मोतियाफाँटबाट भारतको जंगलबाट काठ काट्दै गरेको अवस्थामा पृथ्वी बस्तीका ३५ वर्षीय डम्बरे सुनारलाई हिजो साँझ भारतीय वन रक्षक सुमेरनगरको टोलीले नियन्त्रणमा लिई पलियातर्फ लगेको छ ।

डम्बरेका बुबा थले सुनारले दशगजा नजिकैको सीमास्तम्भ नम्बर ७६६र७ को नजिकै रहेको नालामा माछा मार्ने क्रममा भारतीय वनरक्षकले नियन्त्रणमा लिएर लगेको भनी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *