मापसे गरेका वडाध्यक्षको मोटरसाइकल दुर्घटना

कैलाली । टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम आचार्य मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । टीकापुरको विजयनगर शिविरको एक पसलबाट मदिरा सेवन गरी फर्किने क्रममा सोमबार मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्ष आचार्य घाइते भएका हुन् ।

मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा अनियन्त्रीत भइ नालीमा खसेर उनको बाँया करङ्ग भाँचिएको बताइएको छ । नालीमा दुर्घटनामा परेका वडाध्यक्ष आचार्यलाई राजीपुरकै एक स्थानीयले उद्धार गरेको बताइएको छ । उनको हाल कैलालीको लम्किस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *