मृत्युबाट फर्केर आउन सजिलो रहेनछ !

एजेन्सी: (वुहानका २६ वर्षीय शिक्षक यू वोङको यो लेख हामीले ‘द गार्डियन‘ बाट भावानुवाद गरेका हौं ।) आँखाले नदेख्ने सूक्ष्म जीवले मान्छेको नीब हल्लाइ दिन सक्छ भन्ने कसले सोचेको थियो ? जति बेला अरू देशका मान्छे ढुक्कसँग आफ्नो जीवन बिताउँदै थिए, हामी वुहानीहरू को;रोना भाइरससँग लड्दै थियौं, जसरी आज पूरा विश्व ल’ड्दैछ । वुहानमा लकडाउन सुरू भएको जनवरी २३ बाट हो। यसबीच धेरै प्रियजन हामीलाई छाडेर गए। धेरैका घरमा शोक छायो। त्यो शोक अझै थामिएको छैन।

दुई महिनापछि लकडाउनबाट बाहिर निस्कँदा यस्तो लाग्दैछ, यो सहर पहिले जस्तो रहेन। मृ’त्युको मुखमा पुगेर आएको मान्छे कस्तो हुन्छ, कहिले सोच्नुभएको छ? हामी पनि मृत्युको मुखबाट गुज्रेर आयौं। भकाभक मान्छे बिरामी पर्ने र भटाभट मृ;त्यु हुने दारुण अवस्था झेलेर आयौं। करुणा र डरले आक्रान्त भयौं। आफूलाई घरभित्र ताल्चा मा’रेर राख्यौं।

र, हरेक पल मुटु निचोर्ने कुनै खबर सुन्नुपर्ला कि भनेर मुटु थामेर बस्यौं। मैले व्यक्तिगत रूपमा ठूल्ठूला दुःख झेलेको छु। विपत्तिहरू सामना गरेको छु। लाग्थ्यो, भविष्यमा आइपर्ने जस्तोसुकै सं’कटको निम्ति म भावनात्मक रूपले तयार छु। तर, त्यस्तो हुँदैन रहे छ। जीवन भनेको खेलको अभ्यास होइन रहेछ, जहाँ एउटा चरणले अर्को चरण नाघ्न हिम्मत बढाउँछ।

जीवनको खेल त हरेक चरणमा नयाँ बनेर आउँदो रहेछ, र हामीलाई भावनात्मक रूपले भिजेको कागजजस्तै लत्रकै गलाइदिँदो रहेछ। दुई महिनामा थुप्रै यस्ता भयानक घ’टना भए, जसले हामी वुहानीलाई भित्रैदेखि गलाइ दियो । हामीले ती सं’कटबाट पार पाउन सक्दो कोशिस भने गर्‍यौं। धेरै व्यक्तिले लकडाउन क्रममा आफ्नो दैनिकी कसरी बितिरहेको छ भनेर सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरे।

मेरो विचारमा यो पनि एउटा तरिका हो, अस्थिर मनलाई काबूमा राख्ने। कहिलेकाहीँ संकटबाट छुटकारा पाउन हामीले यस्तो भान गर्नुपर्छ, मानौं संकट आएकै छैन। घरभित्र थुनिँदा पनि दिनचर्या नियमित राख्नु र त्यसलाई सामाजिक सञ्जालमार्फत् उत्सवझैं बाँड्नुले मान्छेलाई खुसी राख्छ। यति मात्र होइन, लकडाउनको पाँचौं दिन साँझ वुहानबासीले आ–आफ्नो घरको झ्याल उघारे।

अत्यास लाग्दो सन्नाटा चिर्दै एउटा सामूहिक स्वर गुञ्जियो, ‘वुहान जीयाउ’ अर्थात्, ‘वुहान, हरेश नखाऊ।’ ‘जीयाउ’ को शाब्दिक अर्थ ‘सवारीमा इन्धन हाल्नु’ हो। यसलाई उत्साह जगाउने शब्दावलीका रूपमा पनि प्रयोग गरिन्छ, जसको अर्थ हुन्छ- हार नमान बल लगाऊ, बलियो बन आदि। कुनै प्रतियोगिता हुँदा चिनियाँहरू आफ्ना खेलाडीको हौसला बढाउन ‘जीयाउ’ भन्छन्।

झ्यालबाट ‘जीयाउ’ भन्दै कराउनु एक हिसाबले सामूहिक शक्ति प्रदर्शन थियो। औषधिले निर्मूल पार्न नसकेको कोरोनालाई यस्तो ऐक्यबद्धताले पक्कै असर गर्दैन। कोरोनासँग लडिरहेका र क्वारेन्टाइनमा बसिरहेकालाई ढाडस र आत्मबल भने दिन्छ। ऐक्यबद्धता जना उनेहरूको चाहना पनि त्यही थियो। वुहानको लकडाउन विस्तारै खुकुलो हुँदैछ। तर, मृ’त्युबाट फर्केर आउन सजिलो रहेनछ।

हाम्रो जीवन आनका तान फेरिएको छ। यसलाई पुरानै अवस्थामा फर्काउनु नयाँ चुनौती बनेको छ। लकडाउन खुकुलो हुन थालेपछि म पहिलोचोटि घरबाट निस्केको मार्च २९ मा हो । बाहिर मौसम चिसै थियो। सिमसिम पानी पर्दै थियो, तर पहिलेभन्दा धेरै न्यानो। अघिल्लोचोटि हामी घरबाट निस्कँदा बाहिरको तापक्रम माइनस १० डिग्री थियो। अहिले पानी पर्दा पनि त्यतिविधि चिसो छैन।

मेरो घर बाहिर एउटा होटल छ। केही अघिसम्म होटलसामु एउटा स्वास्थ्य टोली तयार बसेको हुन्थ्यो। त्यो टोली कहिले फर्कियो मलाई हेक्का छैन। फर्कियो कि फर्किएन भन्ने पनि थाहा छैन । अहिले त्यही होटलको ढोकामा कविताका हरफहरू टाँसिएको देखिन्छ। ती कविता हाम्रो हौसला बढाउन लेखिएको हो। पहिलो दिन बाहिर निस्कँदा मैले सडकमा खासै मान्छे देखिनँ।

पहिले यही बेला थुप्रै मान्छे हिँड्दै वा साइकलको पाइडल मार्दै कुदिरहेका हुन्थे। बसहरू पनि नियमितजस्तो चलेका थिएनन्। आक्कल झुक्कल आउँथे, रित्ता–रित्ता थिए । अहिले केही मेट्रो खुलिसकेका छन्, तर रेल संख्या धेरै छैन। पहिले मान्छे मेट्रोमा छिर्नु अघि सुरक्षा जाँचले हैरान थिए। उनीहरू जाँच बन्द गर्नुपर्‍यो भनेर बारम्बार गुनासो गर्थे। अहिले अभ्यस्त भएका छन्।

लकडाउन अवधिभर मान्छे घर बस्दा-बस्दा हैरान थिए । उनीहरूलाई कसरी बाहिर निस्कूँ भइरहेको थियो। मेरो एक जना साथीले लकडाउन खुल्ना साथ ‘इस्ट लेक’ पुगेर सयौं फोटो खिचे। कतिले अफिसको फोटो खिचेर सामाजिक सञ्जालमा हाले । कतिले केही नपाएर स्टारबक्स र म्याकडोनाल्ड्सको फोटोधरि पोस्ट गरे। उनीहरू सामान्य जीवनमा फर्किन पाएकोमा खुसी देखिन्थे। र, यही खुसी सामाजिक सञ्जालमार्फत् बाँड्दै थिए।

लकडाउन खुल्नुले सबैलाई उत्तिकै खुसी दिएको छैन। कतिपय मान्छेको मनभित्र मेरोजस्तै द्वन्द्व चल्दैछ। दुई महिना घरमै बस्दा मलाई बानी पर्न थालेको थियो। अनलाइनबाटै कक्षा चलाउन मलाई रमाइलो लाग्थ्यो। म बाहिरको संसारबाट पूरै अलग्गिएको थिएँ। आज यो सहर, गाडीको आवाज र वरिपरि मान्छेहरू देख्दा मलाई अनौठो लाग्दैछ। मेरा केही साथीहरू पनि यस्तै अनुभव गर्दैछन्।

जसरी हामीलाई पहिलेको व्यस्त दिनचर्याबाट लकडाउन हुन गाह्रो परेको थियो, अब पुरानो व्यस्त दिनचर्यामा फर्कन केही समय पक्कै लाग्नेछ । मेरी हजुरआमा बिरामी हुनुहुन्छ। उहाँलाई नियमित अस्पताल लगेर जचाइरहनु पर्छ । लक डाउनमा पनि हामीलाई दस दिनको एकचोटि अस्पताल जाने छुट थियो। त्यही बेला म आफूलाई चाहिने सामानहरू किन्थेँ।

महामारी उत्कर्षमा पुग्दा म अस्पतालको इमर्जेन्सी अगाडि एम्बुलेन्सहरू र्‍याइँर्‍याइँ कुदिरहेको देख्थेँ। पहेँलो पोसाक लगाएका स्वास्थ्यकर्मी यताउति दौडिरहेको देख्थेँ। सिकिस्त बिरामीलाई अक्सिजन पाइप जोडेर आइसियूमा लगिरहेको देख्थेँ। तिनका आफन्तका आँखा बाट बलिन्द्र धारा आँ’शु बगिरहेको देख्थेँ। कोही छाती पिटिपिटी रोइरहेको देख्थेँ। मेरो मुटु चिसो हुन्थ्यो।

मार्च २९ को दिन त्यो अस्पताल शान्त थियो। त्यहाँ एउटै एम्बुलेन्स देखिन्थ्यो, त्यो पनि पार्किङमा, जहाँअरू कार सँगसँगै रोकिएका थिए। इमर्जेन्सी ढोकामा स्वास्थ्यकर्मीहरूको हाँ’पदाँप थिएन। न बिलौना गरिरहेका आफन्त नै देखिन्थे। हजुर आमाको उपचार कक्ष बाहिर दुई–तीन जना डाक्टर हिँडिरहेको मैले देखेँ। उनीहरू हतारमा थिएनन्।

अस्पतालबाट घर फर्किंदा मैले बाटोमा धेरै मान्छे देखिनँ। कारहरू भने अचम्मलाग्दो गरी धेरै थिए। मैले आफ्नो गाडी रोकेँ। वुचाङ नदी किनारमा केही बेर पैदल हिँडेँ। पार्क सुनसान थियो। पैदलमार्गमा झाडी उम्रिसकेछन् । किन नउम्रोस्– लकडाउन त मान्छेलाई पो, प्रकृतिलाई के को लकडाउन! सडकमा केही मान्छे टहल्दै थिए। मजस्तै होलान् यी। चिसोको वास्ता नगरी बदलिएको समय चिन्न आएका।

मैले भुइँमा थुचुक्क बसेको एक जना अधवैंशे देखेँ। बिरामीजस्ता देखिन्थे। नजिकै उनको साथी झुकेर उनलाई उठाउन खोज्दै थिए। ती दुवैले मुखमा मास्क कसेका थिएनन्। यो दृश्यले मलाई महामारीअघिको क्षण सम्झायो, जति बेला यहाँका मान्छे सडकमा निस्फि क्री लम्पसार पर्थे। एकअर्कालाई तानातान गर्थे। न भाइरसको डर, न लकडाउनको चिन्ता।

अलिकति डर त थियो। पार्कमा आउनेहरू कोही पनि ती दुई जनाको नजिक परेका थिएनन्। टाढैबाट हेर्थे, तर्केर हिँड्थे। मृ;त्युलाई नजिकबाट देखेर आएको मान्छे यति सजिलै झस्किन कहाँ छाड्छ र! मलाई भने कहाँबाट त्यत्रो साहस आयो कुन्नि,म उनीहरूको नजिक गएँ। मसँग केही जगेडा मास्क थिए। ‘तपाईं बिरामी हुनुहुन्छ जस्तो छ,’ मैले मास्क बढाउँदै भनेँ, ‘यो लगाउनुहोला।’ उनले छक्क परेर मतिर हेरे। ‘मेरो प्रेमिकासँग ब्रेकअप भयो,’ उनको जवाफ सुनेर म चकित खाएँ। दुई महिनाको लकडाउनले सिधै उनको मु’टुमा हानेछ, जसको पी’डा यो महामारीको भन्दा ठूलो थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *