म कस्ताे मानिस

काेहाे? केरे? म त उही उहीँ मानिस
भन्नत मन लाग्छ फेरि पनि तेही मानिस
कस्ताे मानिस लाजै नमानी म य मानिस
केके रे आजसम्म साेच्दै न साेच्ने मानिस ।
(१)
स्वार्थ, लाेभ लालचकाे पुञ्ज पुञ्ज मानिस
रगत, छाला,नसा र गिदीमा बेईमानी र झुट
मानीसकाे सहयाेगमा सुईकुच्चा ठाेकी भाग्ने
स्वार्थलाभमा सधै पहिलाेमै जाग जाग हुने ।
(२)
अरुकाे बेदना मनकाे चित्कारमा हा हा हास्ने
अरुकाे खुसीमा डाहाले लुतपुतीदै दराे उर्लने
सामाजिक सदभाव चुडाल्दैअनाहक मस्तीगर्ने
सधै दुखी, दरिद्र असायमा रवाफमात्र हाक्ने ।
(३)
अरुकाे मलम लुटे र उनकै दुखेकाे घाउ हेर्ने
दुखाइ सम्झेर प्रफुल्ल भै मस्तीले मुसकिने
फू अजमर हु हाेईनान अरु केही पनि रे
म मात्र सफल हाै अरु कठै थेच्ची रहुन रे ।
(४)
म उहीँ मानिस एक दिन त अन्तिम घाटैमा
नबिर्सने अझै बिकृतीकाे सयल कठै पाैडीमै
म तेहि मानिस अन्यायकै पक्ष पक्षमाचुम्ने
ज्ञान फिरेन कहिल्यै म मानिसकाे मस्तिष्कमा ।
(५)
कहिल्यै पुजे र सम्झे दुखौ र बिचल्लीलाइ
मेराे सहयाेग, माया ममता छर काहा उनलाइ
छाेडे समाजमा मैले के म रहन्छु जननी जाहा
के पढनै सकिन मैले कि पाप, धर्मा र कर्म ।
(६)
छाेडे के मैले सकारात्मक निधि, सन्देस र मर्म
घमण्ड,रवाब, दुष्चरित्रकाे तिताे जालाे जालाे
कस्ताे मानिस म कुकृति मनभर कालाे कालाे
तेसैले म कस्ताे मानिस कठै हरे कस्ताे मानिस ।
(७)
छ्या छ्या अझैपनि हरे जिन्दाबाद म मानिस
प्रण गर्छु बदलिएँ यस्ताे गर्दिन अब कहिले नाई
मलाई परीक्षा गर मानिस भै जीउछु म पलपल
म जीउछु नया भै अरुलाइ पनि निबेदन छ मेराे
हिडाैंसंगै मानवीयता छर्दै बस्ती बस्तीमा मिलेर ।
(८)
चिन्ताराम शर्मा
२०७७/०५/२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *