यस्तो छ मंगलबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको मंगलबारको मौसम पूर्वानुमानका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिन्छ।

यसैगरी, अहिले देशभरीको मौसम भने पश्चिमी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ ।त्यस्तै, मंगलबार दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

त्यसैगरी, राति देशको पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली र बांकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरु र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *