युएईमा २ नेपालीसहित थप ७२ मा देखियाे काेराेना, २ जनाकाे मृत्यु

अबुधाबी, १५ चैत । युएई (संयुक्त अरब इमिरेट्स) मा थप २ जना नेपालीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । युएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार कारोनाबाट संक्रमित हुनेको संख्या ७२ थप भएको जनाएको छ । जसमा २ जना नेपाली कामदार समेत रहेका छन् । यससँगै युएईमा कुल संक्रमितको संख्या ४ सय नाघेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले थप नयाँ केसहरु श्रीलंका ,जोर्डन, प्यालेष्टाइन, इरान, कोमोरोस, चीन, साउदी अरब, काजकिस्तान, सर्बीया, ग्रीस, उरुग्ये, रोमानिया, दक्षिण अफ्रिका, इराक, यमन, इथियोपिया, बेलायत, भारत, नेपाल र बंगलादेश लगायतका विदेशी नागरिकमा देखिएको जनाएको हो।

युएईमा हालसम्म कोरोना भाइरसका कारण २ जनाको मृत्यु समेत भएको छ । संक्रमितको संख्या ४०५ पुगेको छ । पछिल्लो संक्रमण भेटिएका सबैजना त्यसअघि नै संक्रमित पुष्टि भएका व्यक्तिसंगको सम्पर्कमा रहेको जनाइएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *