युएनको गुडिरहेको गाडीमा सेक्स गरिरहेको भिडियो सार्वजनिक भएपछि (भिडियो सहित)

संयुक्त राष्ट्र संघ (युएन) को एक सवारी भित्र यौन सम्पर्क गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । यो भिडियो इजरायलको भएको पाईएको छ । इजरायलको तेल अवीवको समुद्री किनारको व्यस्त सडकमा गुडिरहेको गाडी भित्र देखिएको यस्तो गतिविधिलाई एक घरको छतबाट भिडियो कैद गरिएको बताईएको छ ।

इजरायलको ‘द टाईम्स अफ इजरायल’ले पनि यो भिडियोलाई आधार मानेर समाचार लेखेको छ । भिडियोमा युएन लेखिएको सवारी भित्र पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौन सम्पर्क गरिरहेको देखिएको छ ।भिडियोमा देखिएका व्यक्ति इजरायलमा शान्ति स्थापनार्थ खटिएका व्यक्ति हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

१८ सेकेण्डको यो भिडियो सवारी जाममा परेर रोकिएको बेला कैद गरेको र उक्त समय ती महिला पुरुष एकापसमा यौन लिलामा लिप्त देखिन्छन् । त्यही सवारी चालकले मुन्टो निहुरिरहेको देखिन्छ भने जाम खुल्ने बित्तिकै सवारी अगाडि हुईकिन्छ । यस घटनालाई लिएर युएनले अनुसन्धान भईरहेको भनेको छ । युएनले यस घटनालाई गम्भीर आपत्ति जनाउँदै चिन्ताजनक रहेको बताएको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *