यूएई : २ लाख भारतीयले स्वदेश फर्कन आवेदन दिए

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) मा काेराेना भाइरसकाे कारण लकडाउनमा फसेका तीन सयभन्दा धेरै भारतीयलाई दुबईबाट फिर्ता ल्याइएकाे छ । बिहीबार दुई वटा उडानमार्फत सबै जना केरल पुगेका थिए र उनीहरुलाई क्वरेण्टीनमा पठाइएकाे छ । भारतले गएकाे मार्च महिनामा काेराेना भाइरस सङ्क्रमण फैलिनबाट राेक्नका लागि सबै अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेकाे थियाे ।

अबकाे केही हप्तामा झण्डै १५ हजार भारतीयलाई १२ देशबाट विशेष विमानमार्फत स्वदेश ल्याउने तयारी छ । सबै भारतीयले हवाई भाडा आफैले व्यहाेर्नुपर्नेछ र आउनुअघि सबैकाे काेराेना परीक्षण गरिनेछ । बिहीबार अमेरिका र बेलायतबाट पनि भारतीय लिएर विमान उडान भर्ने तयारीमा थिए तर चालक दलका सदस्यहरकाे परीक्षणमा समय लागेपछि उडान सरेकाे छ ।

भारतले विदेशमा रहेका भारतीयहरुलाई स्वदेश ल्याउने अभियानलाई वन्दे भारत मिसन नाम दिएकाे छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा दुई लाख भारतीयलाई विदेशबाट स्वदेश ल्याउनु पर्नेछ । सन् १९९० पछि यसलाई सबैभन्दा ठूलाे अभियान भनिएकाे छ । खाडी युद्धकाे समयमा एक लाख ७० हजार भारतीयलाई स्वदेश ल्याइएकाे थियाे ।

भारतकाे सरकारी हवाई सेवा एअर इण्डियाकाे उडान अबकाे केही दिनमा अमेरिका, बेलायत, साउदी अरब, कतार, सिङ्गापुर र मलेसियातर्फ उड्दैछ । यूएईबाट मात्रै एक लाख ९७ हजार भारतीयले स्वदेश फर्कन आवेदन दिएका छन् । धेरैजसाे केरलका छन् । केरलका लाखाैँ नागरिक यूएईमा काम गर्छन् ।

भारत आफै टिकटकाे पैसा दिने र काेराेना सङ्क्रमण नभएका आफ्ना नागरिकलाई स्वदेश ल्याउन लागेकाे छ । सबै उडानमा दुई सयदेखि दुई सय ५० जनासम्म रहनेछन् ।

भारतले जलमार्गबाट पनि आफ्ना नागरिक स्वदेश ल्याइरहेकाे छ । भर्खरै भारतीय जलसेनाले मालदिभ्समा एउटा जहाज पठाएकाे थियाे र त्यहाँ रहेका एक हजार भारतीयलाई फिर्ता लिएर आएकाे थियाे । भारतीय विदेश मन्त्री एस जयशङ्करले विदेशमा रहेका भारतीयलाई फर्कन इच्छा भए दूतावासमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *