यूवाको सक्रियतामा जनकपुरमा निशुल्क भोजन

जनकपुर । धनुषामा लकडाउनका कारण समस्या खेपिरहेका गरिब, विपन्न, मजदुर लगायतलाई स्थानीयस्तरमै केहि समूहले विभिन्न ठाउँमा भोजन कार्यक्रम सञ्चालन भैरहेका छ । लक डाउन (बन्दा बन्दी) का कारण जनजिवन प्रभावित भइ रहेको अवस्थामा गरिब, दैनिक ज्यालादारी मजदुरी तथा वेसहारालाई जनकपुरधाम यूवाहरुले पछिल्लो १९ दिन देखि नि: शुल्क भोजन गराउँदै आएका छन ।

कोरोना भाईरस संक्रमणको सन्त्रासले विश्व नै आक्रान्त बनाएपछि नेपाल सरकारले लकडाउन आहवान गरेको हो । लडाउनका कारन बिपन्न बर्गमा भोकमरीको अवस्था उत्पन्न हुन नदिन राष्ट्रिय युवा संजाल र न्यू भिजनको आयोजनमा जनकपुर वडा नं १६ र १८ मा नि शुल्क भोजन गराउंदै आएको यूवा रकी प्रसाद साहले जानकारी दिए ।

जनकपुरमा गरिब, विपन्न, मजदुर तथा वेसहारालाई निरन्तर भोजन गराउँदै आएको छ । सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवधिभर जनकपुर मा नि शुल्क भोजन उपलब्ध गराईने साहले बताए । दैनिक एक सय भन्दा बढी घर परिवार भोजन गर्दै आए का छन । जनप्रतिनिधिको सहयोग नभए पनि स्थानीय व्यपारिको सहयोगले हालसम्म संचालन गरेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *