राजधानीका सडक रङरोगनले चिटिक्क

काठमाडौँ, चैत ३०। को;रोना भाइरस (को’भिड –१९)का कारण बन्दाबन्दी (लकडाउन) गरिए पछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ । काठमाडौँ उपत्यकामा कालोपत्रे (ओभर–ले) गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनका लागि भने अहिले सहज भएको छ।

सडकमा सवारी साधन असाध्य न्यून हुँदा धमाधम सडकमा ट्राफिक चिह्न बनि रहेका छन् भने रङरोगनको काम पनि भइ रहेको छ । ट्राफिक चिह्न र सडक वरि परि रङरोगन भएपछि राजधानीका सडक चिल्ला, सफा र चिटिक्क देखिन थालेका छन् । याे खबर गाेरखापत्र दैनिकमा छ ।

सडक विभागका महानिर्देशक केशव कुमार शर्माले भन्नु भयो, “उपत्यकाका तीनवटै जिल्लामा सडक विभाग अन्तर्गत रहेका कुल ८० किलोमिटर सडकमा कालोपत्रे गर्ने योजना रहेकोमा अहिलेसम्म ५५ किलोमिटरमा कालो पत्रेको काम सम्पन्न भएको छ । कालोपत्रे भएकामध्ये अधिकांश सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम अन्तिम चरणमा पुगेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *