‘रामायण’ र ‘महाभारत’ पुनः प्रशारणसँगै पहिलो नम्बरमा दुरदर्शनको टीआरपी

लकडाउनका कारण भारतीय नागरिक घर भित्र थुनिएका छन् । त्यसैले, अहिले टेलिभिजन निर्माताहरुले दर्शकलाई आकर्षित गर्ने कार्यक्रम प्रशारण गर्न थालेका छन् । यसैबीच, धार्मिक धारावाहिक सिरियल ‘रामायण’ र ‘महाभारत’ पनि दुरदर्शन च्यानलबाट पुन प्रशारण हुन थालेको छ ।

खुसीको खबर के छ भने, यी दुबै सिरियललाई भारतमा सर्वाधिक दर्शकको साथ मिलेको छ । यी दुई सिरियलका कारण दुरदर्शनको टीआरपी नम्बर १ मा पुगेको छ । बीएआरसीका अनुसार, सबै इन्टरटेन्मेन्ट च्यानललाई पछाडि छाड्दै दुरदर्शन नम्बर १ मा पुगेको हो ।

दुरदर्शन च्यालन हेर्ने दर्शक गाउँका भन्दा शहरका धेरै रहेको पनि बताइएको छ । ‘रामायाण’ र ‘महाभारत’ जस्ता सिरियलको क्रेज आज पनि दर्शकमाझ उस्तै रहेको टीआरपी नम्बरले पनि बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *