राम जन्मभूमि विवादका कारण ठोरीमा भारतीयले उखेले सीमा स्तम्भ

काठमाडौं, ०४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको ठोरीस्थित सीतागुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फालेका छन। ठोरीका स्थानीय बुद्धिजीवी प्रकाश खनालले सीतागुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेकै समय भारतीय पक्षले विवाद खडा गर्न स्तम्भ नै उखेलिदिएका बताए ।

‘बिहानसम्म सीमास्तम्भ थियो, पुजाआजा सकिएर फर्किएपछि एकाएक गायब भयो, उखेलेर त्यही नजिकै फालिएको रहेछ’ खनालले राजधानीसँग भनेका छन् ‘यो भारतीय पक्षले मन्दिर बनाउन नदिन र त्यस क्षेत्रलाई संरक्षण हुनबाट रोक्न विवाद खडा गर्न गरेको प्रपञ्च हो ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

सीमा स्तम्भ उखे’लिएको खबर पाएपछि ठोरीका स्थानिय पनि त्यहाँ पुगेका थिए । तर धेरै भीड भाड भएर अप्रिय स्थिति सि्जना नहोस भनेर सशस्त्र प्रहरीले स्थानियहरुलाई सीमातर्फ जान रोकेको छ । सो स्थानमा अहिले सशस्त्र प्रहरी सहित भारतीय एसएसबीको इन्सपेक्टरको कमाण्डमा एसएसबीको टोली खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *