राष्ट्रपति कार्यालयका ४० कर्मचारीमा कोरोना संक्रमण

काबुल : अफगानिस्तानको राष्ट्रपति कार्यलयका ४० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम न्यूयोर्क टाइम्सका अनुसार आइतबार ती कर्मचारमिा संक्रमण पुष्टि भएको हो।

कर्मचारीमा संक्रमण देखिएसँगै राष्ट्रपति असर्फ गानी समेत ‘आइसोलेसन’ बस्ने बताइएको छ। राष्ट्रपति गानीलाई संक्रमण भए नभएको भन्ने बारे भने केही खुलेको छैन। उनका प्रवक्ताले राष्ट्रपतिको स्वास्थय परीक्षणका बारे समेत केही नबताएको न्यूयोर्क टाइम्सले उल्लेख छ।

यसअघि २० जनामा संक्रमण भएको बताइएको थियो। एक सरकारी अधिकारीले शनिबार एएफपीलाई बताए अनुसार २० जनालाई भाइरस संक्रमण भएको तर नागरिकहरू हतास नहोउन् भनेर बाहिर खबर ल्याइएको थिएन।

गत डिसेम्बरको अन्तिमदेखि फैलिएको कोरोना भाइरसबाट हालसम्म अफगानिस्तानमा ९९६ जना संक्रमित भइसकेका छन्। जसमध्ये ३३ जनाको ज्यान गएको छ भने १३१ जना निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *