रोनाल्डोको कपाल प्रेमिकाले नै काटिदिएपछि…

एजेन्सी – कोरोना भाइरसको महामारीले विश्वका खेलकुद गतिविधि एक महिनादेखि ठप्प छन् । सबैजसो खेलकुद स्पर्धा ठप्प भएपछि स्टार खेलाडीहरु घरमै आराम गरिरहेका छन् । धेरैजसो मुलुक लकडाउनमा रहँदा बाहिरफेर निस्कने समेत मुस्किल छ ।

खेलाडीहरुले पर्सनालिटी समेत म्यानेज गर्न नपाइरहँदा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डको कपाल भने उनकै प्रेमिकाले काटिदिएकी छन् । प्रेमिकाले कपाल काटिदिएपछि पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो खेलकुद नै नभएपनि पुनः एक पटक चर्चामा आएका छन् ।

घरमै क्वारेन्टाइनमा रहेका रोनाल्डोको कपाल आफ्नै प्रेमिका जर्जिना रोड्रिग्वेजले काटिदिएपछि उनी केही नर्भस देखिएको फोटो तथा भिडियो सार्वजनिक भएको छ । कुर्सीमा बसिरहेका रोनाल्डोलाई उनकी २६ वर्षीय प्रेमिका जर्जिनाले पछाडिबाट कपाल काट्दै गरिरहेकी छिन् । यसक्रममा रोनाल्डो केही नर्भस देखिँदै क्यामरातर्फ हेर्दै थम्स दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *