लकडाउनकाे बेला गाडि चलाउनेलाई ‘कर्फ्यू पास’ माग्दा प्रहरीकाे हातै काटिदिए

एजेन्सी, ३० चैत । भारतको पन्जाबस्थित पटियालामा एक समूहले ‘कर्फ्यू पास’ माग्दा एक प्रहरीको हात काटिदिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार तफी शिखहरूले कुकुरीले असईको हात काटिदिएका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार तरकारी किनेर फर्कँदै गरेकाे गाडीलाई प्रहरीले ‘कर्फ्यू पास’ मागेको थियो । ‘उनीहरूलाई कर्फ्यू पास देखाउन भनेका थिएँ तर गाडी गेट र डिभाइडरमा लगेर ठोक्काइदिए,’पटियालाका एसएसपी मन्दीप सिंहले भने,’त्यसपछि प्रहरीमाथि आक्रमण गर्न थालेको हो।’

अहिले हात काटिएका असईकाे उपचार भइरहेकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । उनलाई पहिला राजिन्द्र अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि चन्डीगढको पिजिमरमा रिफर गरिएको थियो ।

त्यस्तै, अन्य दुई प्रहरी घाइते भएका थिए। घाइते प्रहरीको कुहिनो र हातमा चोट लागेको पिटिआइले जनाएको छ । घटनामा संलग्न एकलाई प्रहरीले पक्राउ गरेको छ । अन्य भने फरार रहेको एसएसपी सिंहले जानकारी दिए ।

पछिल्लो समयमा भारतमा कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेको छ । अहिलेसम्म काेराेना भाइरसका कारण भारतमा मृतक संख्या २८८ पुगेको छ भने संक्रमितकाे संख्या ८ हजार ४४६ पुगेको छ ।

कोरोनाको प्रभाव विस्तार हुँदै गएपछि भारतमा २१ दिन लामो लकडाउनको घोषणा गरिएको छ । काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अप्रिल ३० सम्म लकडाउन बढाउनु पर्ने पक्षामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *