लकडाउनका बीच गौशाला-चाबहिल-चुच्चेपाटी खण्डको निर्माण कार्य सुरु

काठमाडौं। घाममा धुलो र वर्षामा हिलोको नामले परिचित गौशाला– चाबहिल– चुच्चेपाटी खण्डको निर्माण कार्य बन्दाबन्दीकै बीचमा सुरु भएको छ । काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियान अन्तर्गत यस सडक खण्डको निर्माण कार्य सुरु भएको हो ।

खानेपानीको पाइप चुहिएका कारण विगत लामो समयदेखि धुलो र हिलोको सास्ती भोग्नु परेको यस सडक खण्डको निर्माणका लागि ठेक्का पट्टाको काम सम्पन्न भई निर्माण कार्य सुरु भइसकेको सडक विभागले जनाएको छ। विभागका अनुसार सडक निर्माण अन्त र्गत अहिले सो सडक खण्डमा बिछ्याइएको खानेपानी पाइपको ‘प्रेसर’ परीक्षण कार्य अन्तिम चरणमा रहेको छ ।

विभागका अनुसार, यो सडक खण्डको निर्माण कार्य सुरु गर्न कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च स्तरीय समिति र जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट समेत स्वीकृति प्राप्त भइसकेको छ । बन्दा बन्दीमा काम गर्ने भएकाले सो स्वीकृति लिनुपरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

हिउँदमा धुलो र बर्खामा हिलोले दैनिक रूपमा आजित भएका आमनागरिकले सडक कालोपत्रे नगरेको भन्दै सरकार र सडक विभाग तथा मातहतका कार्यालयको आलोचना गर्दै आएका थिए। काठमाडाैं उपत्यकाका विभिन्न स्थानका सडक कालोपत्रे र मार्किङ गरेर चिटिक्क बन्दा पनि गौशाला–चाबहिल–चुच्चेपाटी सडकमा ध्यान नपुगेको भनेर आलोचना हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *