‘लकडाउन’को आज दोस्रो दिन, सुदूरपश्चिममा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति

धनगढी : कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन्।

प्रदेशको राजधानी कैलालीमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जिल्लाभरी साढे पाँच सय बढि सुरक्षाकर्मी परिचालन गरिएको बताए।

यता सशस्त्र प्रहरी बल नम्वर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरिक्षक कमल तिउसिनाले पनि लकडाउन कार्यान्वयनका लागि पर्याप्त सशस्त्र प्रहर िपरिचालन गरिएको बताए। पहिलो दिन कतिपयले लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको थियो। जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा समेत लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *