लकडाउनको मौका छोपेर चिटिक्क पारियो काठमाडौंका सडक

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको पनि शुक्रबार २५ दिन पुगिसकेको छ । लकडाउनका कारण सर्वसाधारण अत्यावश्यक काममा बाहिर घरबाहिर निस्कन पाएका छैनन् । सडक सुनसान छ । विकास निर्माणका काम ठप्प छन् भने समग्र अर्थतन्त्रमा नै प्रभाव परेको छ ।

यही लकडाउनको मौका छोपेर भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मातहतको यातातायत व्यवस्था विभागले भने राजधानीका सडकलाई चिटिक्क बनाउने काम गरिररहेको छ ।

मन्त्रालयमा बसन्त नेम्वाङ आएसँगै काठमाडौंका सडकमा पिचदेखि खाल्डाखुल्डी पुर्ने र समग्र सडकको अवस्थामा उल्लेख्य सुधार देखिएकोमा अहिले लकडाउनको समयमा समेत धमाधम काम भइरहेको हो ।राजधानीका कतिपय ठाउँमा मार्किङको काम सकिइसकेको छ भने कतिपय ठाउँमा अहिले पनि धमाधम भइरहेको छ ।

अहिले राजधानीको एयर्पोट, सिनामगल, बानेश्वर, बिजुलीबजार,अनामनगर, पुतलीसडक, राम शाहपथलगायतका स्थानको सडकको मुहार नै फेरिएको छ । सेन्ट्रल लाइन, जेब्रा क्रसिङसहित विभिन्न ट्राफिक सिग्नलसहितको मार्किङले सडक निकै सुन्दर देखिएको छ। त्यसमाथि अत्यावश्यक सवारी समेत नचल्दा राजधानीको वातावरण नै सफा रहेको छ । सडक विभागका अनुसार मार्किङको काम समेत सामाजिक दूरी कायम गरेर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *