लकडाउनको विरोध गर्नेको कोरोनाबाट मृत्यु

कोरोना संक्रमण सामान्य रुघाखोकी वा कुनै विशेष अंगको रोग होइन । कुनै पनि असाध्य रोगले मर्नु स्वाभाविक हो र कारोना संक्रमणबाट मर्नुलाई पनि सहज रुपमा लिन सक्नु पर्ने आवाज उठिरहेको छ ।

लापरवाही र समयमा उपचार हुन नसक्दा कोरोना संक्रमणबाट रोगीको मृत्यु हुने सम्भावना धेरै हुने देखाएकोछ । यो भाइरस सक्रंमणबाट हुने मृत्यु अन्य रोगबाट हुने मृत्यु भन्दा कम पिडादायी होइन भन्ने कुरा यसबाट ठीक भएका विरामी र चिकित्सकहरुको अनुभवबाट महसुस गर्न सकिन्छ ।

एक विरामीले संक्रमणबाट ठीक भएपछि अनुभव साझा गर्ने क्रममा श्वास प्रश्वासमा समस्या आएपछि उनलाई तीन चार दिनसम्म छातीमा धारिलो शिसाले एकनास घोपेको जस्तो पिडा भएको बताएका थिए । कोरोनाको उपचारमा संलग्न चिकित्सकहरुले पनि यस संक्रमणबाट गाँजिएका विरामीले धेरै पिडाबाट गुज्रनु परेको बताउँछन् ।

विरामीको छातीबाट कुनै कागजलाई कच्याककुचुक पार्दा निस्कन आवाज आइरहने उनीहरुले बताएका थिए । अचुक उपचार नआएसम्मका लागि यस संक्रमणको रोकथामको उपाय नै सर्वापरी मान्दै अहिले विश्व नै सामाजिक दुरीमा बसेको अवस्था छ ।

यद्यपी लकडाउनको विरोध गर्नेहरु पनि कम भने छैन । अमेरिका, ब्राजिल लगायत केही युुरोपली मुलुकमा सबै मानविय गतिविधि नै थप्प पारेको लकडाउनको विरोध भइरहेको छ ।

यसैबीच अमेरिकाको ओहायो राज्यमा लकडाउनको विरोध गर्ने एक ब्यक्ती कोविड १९ भाइरसको चपेटामा आएपछि मृत्यु भएको छ । जोन डब्ल्यु म्याकडेनियलले लकडाउनलाई राजनितिबाट प्ररित भएको बताएका थिए ।

उनले राज्यका गभर्नरलाई ब्यापार ब्यवसाय नै बन्द गर्ने कुनै अधिकार नभएको बताएका थिए । यसरी विरोध गर्ने डेनियल एक्लो पनि होइन , उनी जस्तै कयौंले लकडाउनको विरोध गरे र घातक राइफल लिएर सडकमै आर्लेर प्रदर्शन पनि गरे ।

६० बर्षिय म्याकडेनियललाई मार्चमा कोरोना पोजिटिव पाइएको थियो । यस संक्रमणबाट बुधबार कोलम्बस अस्पतालमा उनको मृत्यु भयो । मार्च १३ मा डेनियलले फेसबुकमा एक पोस्ट गरी प्रश्न राखेका थिए , के कसैसँग त्यति हिम्मत छ, जसले यो कोविड १९ लाई राजनितिक चाल भन्न सक्छ ? मलाई गलत प्रमाणित गरेर देखाउन ।

जनतालाई बारमा बन्द गर्ने र विरामी महसुस गरेकालाई बाहिर निस्कनै रोक लगाउने राज्यका गर्भनरसँग अधिकार नभएको उनले दावी गरेका थिए । डेनियलको परिवारमा उनकी पत्नी र दुई छोरा छन् । डेनियल लकडाउनका कारण कम्पनीको कामकाज बन्द भएकोमा रुष्ट थिए । उनको एक उत्पादन कारखानाको ब्यवसाय थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *