लकडाउनको ४३ औं दिन, सवारी चेकजाँच कडाई

काठमाडौं । कोरोना भाइरस (काभिड–१९) संक्रमणको जोखिम न्यूनिकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४३ औं दिन पुगेको छ ।चैत ११ गतेदेखि शुरु भएको लकडाउनको ४३ दिनसम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ । तर प्रहरीले लकडाउनलाई पूर्ण पालना गराउन चेकजाँचलाई कडाई गरेको छ ।

मंगलबार एयरपोर्ट, कोटेस्वर, तिनकुने, बानेस्वर, माइतीघर लगायतका ठाउँमा प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ । तर सडकमा अत्यावश्यक सवारी साधन, कर्मचारी र ढुवानीका सवारीसाधनको चाप बढेको देखिन्छ । अत्यावश्यक र पासबाहक सवारी सवारी साधनको भिड बढ्दै गएको छ । प्रहरीले चेकजाँचलाई कडाई गरेसँगै सवारीसाधनको लामो लाइन देख्न सकिन्छ ।

अनावश्यक रुपमा सञ्चालन गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै उपत्यकाका भित्रि सडकमा पनि केही पसल खुलेका छन भने बासिन्दा आफ्नो घर नजिकको पसलसम्म पुगेर दैनिक उपभोग्य सामग्री किनमेल गरेको देखिन्छ । सरकारले वैशाख २५ गते बिहीबारसम्म लकडाउनको घोषणा गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार बस्ने र लकडाउन लम्ब्याउने या स्वरुप परिवर्तन गर्ने विषयमा छलफल गरी सरकारलाई सुझाव दिने बुझिएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिको संख्या ८२ पुगेको छ ।

यस्तै १६ जना निको भइसकेका छन । अहिलेसम्म पीसीआर प्रविधिबाट १३ हजार ६ सय ४७ परीक्षण गरिएको छ । ५० हजार ८ सय ४५ आरडिटी परीक्षण गरिएको छ । देशभर २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा छन । १ सय ६ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *