लकडाउनमा गाउँघर आएका युवा खेतबारीलाई माया गर्दै

स्याङ्जा, १५ बैशाख । लकडाउनका कारण विदेशदेखि स्वदेश फर्केका युवा र अध्ययन गर्न विभिन्न सहर पसेका तर लकडाउनका बेला गाउँ फर्किएका युवाहरू खेतबारीमा समय बिताउन थालेका छन् ।

उनीहरूले फुरसदको समय खेतबारीमा बिताउन थालेपछि गाँउघरमा बारीहरुको स्वरुप नै परिवर्तन हुन थालेको छ । लकडाउन भएपश्चात बजारदेखि गाँउ फर्केर फुर्सदमा रहेका युवाहरुले वर्षाैंदेखि बाँझो र झाडी पलाएको जमिन प्रयोगमा ल्याउन थालेका छन् ।

उनीहरूकाे श्रम पाएर ती पाखाेबारी सफा र चिटिक्क देखिन थालेका छ्न् । अहिले गाँउघरको अधिकांश बाँझो जमिनमा टमाटर, बोडी, मकैजस्ता खाध्यान्नका बीउ उर्मेको देख्न सकिन्छ । बारीका काँल्ला समेत खुर्केर सफा बनाएको देख्न सकिन्छ ।

वैदेशिक रोजगारीबाट छुट्टीमा आएका युवाहरु जागिरको कुनै टुङ्गो नभएको देखेपछि बाँझो रहेको जग्गामा व्यावसायिक खेती समेत सुरु गर्न थालेको स्थानीय झलक नारायण गैह्रैको भनाइ छ ।

यता लक डाउनका कारण कृषको संख्या हुवात्तै बढेपछि मलको खपत समेत बढी हुन थालेको छ । कृषको संख्या पहिलेको तुलनामा बढेपछि मलको अभाव हुने सम्भावना समेत देखिएको छ । विगतको दिनमा पनि प्रयाप्त मोल कृषक सामु पुय्राउन नसकेका विभिन्न सस्था यस पटक कृषको संख्या थप भएकोले मोल बाँड्नु परेको दहथम सहकारी सस्थाका अध्यक्ष कृष्ण काफ्लेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *