लकडाउनमा घुच्ची च्याउँ संकलन गर्न वनैभरि मान्छे

मुगु, १६ बैशाख । विश्वव्यापी महामारिको रुपमा भएको कोभिड १९ (कोरोना भाइरस)बाट नेपाल पनि प्रभावित भएको छ । सरकारले यसको रोकथाप तथा नियन्त्रणका लागि लकडाउन गरेपछि मुगुमा हिजोआज घुच्ची च्याउँ संकलन गर्नेहरु वनैभरि डुल्दै छन् ।

औषधीय जडिबुटीको नाममा प्रसिद्ध भएको यो घुच्ची च्याउँ बजारमा राम्रो मूल्यमा बिक्री हुने गर्छ । वनजङ्गलमा पाइने यो च्याउँ चैत्र, बैशाख, जेठसम्म उत्पादन हुने गर्छ । हिजोआज लकडाउन भएको र कृषकहरुले खेती लगाइसकेको अवस्थामा च्याउँ टिप्न वनतिर जानेहरु बढेका छन् ।

बच्चादेखि बुढाबुढीसम्म च्याउँ टिप्न वनतिर जाने गरेका छन् । ‘गर्त वर्ष २ केजीसम्म संकलन गरेको थिएँ । प्रति केजीको १५ हजारभन्दा माथि मूल्यमा बिक्री गरी घर खर्च चलाउने गरेको थिएँ,’ कनका सुन्दरी– ३ ओखरपाटा गौरीका रुप बहादुर बुढाले सुनाए । उनका अनुसार यो वर्ष च्याउँ कमै मात्र पाइएको छ ।

लकडाउन कारण विद्यालय पनि बन्द भएको हुँदा दिनको समयमा घरमा खाली बस्नुभन्दा हिजोआज वनमा गएर घुच्ची च्याउँ टिप्नु ठीक हुने विद्यार्थीहरु बताउँछन् । उक्त च्याउँ बेचेर पढाइ खर्चको समेत जोहो गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *