लकडाउनमा दैनिक हजारौं श्रमिकलाई खाना खुवाउँदै गोरखनाथ आश्रम

काठमाडौं, १५ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले गर्दा मानव जीवन अस्तव्यस्त बनिरहेको छ । यस अवस्थामा लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका श्रमिक/मजदूरहरु, अलपत्र परेका पीडितहरुलाई गोरखनाथ आश्रमले खाना खुवाउने काम जारी राखेको छ ।

हाँडीगाउँ पञ्चेधारास्थित आश्रमले विगत २४ दिनदेखि वीर अस्पताल अगाडिको हाल खाली बसपार्क, वसन्तपुर, थापाथली राममन्दिर, कलंकीका साथै कोटेश्वरमा दैनिक अलपत्र परेका पीडित मजदूरहरुलाई खानाको व्यवस्था गर्दै आएको यस अभियानका संयोजक महाराज योगी विश्वनाथ सन्तले बताउनुभयाे।

जहाँ–जहाँ खानाको अभाव, त्यहाँ त्यहाँ गोरखानाथ आश्रम भन्ने उद्देश्यले दैनिक १३ देखि १५ सय जना मजदूुरहरुलाई खाना खुवाउँदै गरेको र योगी विश्वनाथका अनुसार दैनिक दुई सय केजी चामल, ५० केजी आँटा, एक सय केजी दाल, ५० केजी सब्जीको व्यवस्था हाम्रो आश्रमले गरेको छ ।

युवा समाजसेवी स्वयंसेवकहरु र गोरक्ष सेवक लगायत संचारकर्मी सुर्य चन्द र नेपालको पहिलो महिला चलचित्र निर्देशक/संचारकर्मी/समाजसेवी सुचित्रा श्रेष्ठले सुरुवाती दिन देखि यस अभियानमा सक्रिय भूमिका निर्बाह गर्दै सहयोगको साथमा सहभागी भएर दैनिक रुपमा खाना खुवाउने कार्यमा निरन्तर सेवा गर्दै आएको कुरा योगी विश्वनाथ बताउनुहुन्छ ।

जागो गोरक्ष जागोका गोरख सेवकहरुको समूहले दैनिक अहोरात्र खटेर खाना बनाउने र वितरण गर्ने कार्य गर्दै आएको र पछिल्लो समय काठमाडौँ महानगरपालिकाले समेत खाद्यान्न सयहोग गर्दै आएको यस अभियानका सदस्य जनक ढुंगाना बताउनुहुन्छ । यसैगरी अन्य विभिन्न समाजसेवी व्यक्तित्व लगायत एकीकृत ग्रामीण बिकास केन्द्र, नेपाल प्रहरी श्रीमती संघ द्वारा संचालित आसरा केन्द्र रानीबारीले समेत केहि खाद्यान्न, तरकारी सहयोग गरेको कुरा ढुंगानाले जानकारी गराउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *