लकडाउनमा फेवा किनारमा टहलिने र माछा मार्नेलाई सम्झाउँदै प्रहरी

पोखरा : लकडाउनको समयमा फेवाताल किनारमा टहलिने र माछा मार्नेलाई प्रहरीले सम्झाइ बुझाइ गरी घरमै बस्न अनुरोध गरेको छ । फेवाताल किनारमा लकडाउनका बेलामा पनि टहलिने, माछा मार्ने बढ्न थालेपछि प्रहरीले सम्झाइ बुझाइ गरेको हो ।

फेवाताल किनारमा लकडाउनको बेलामा पनि माछा मार्ने र टहलिने युवाहरु बढेपछि वडा प्रहरी कार्यालय बैदाम र सिआरभि प्रहरीले सम्झाइ बुझाइ गरेको हो । सम्झाउँदा पनि नमाने कारवाही गरिने प्रहरीले बताएको छ ।

फेवातालमा पुर्ख्यौलीरूपमा माछामारेर जिवीका चलाउँदै आएका जलारी समुदाय बाहेकले अनिवार्य रुपमा लाइसेन्स लिएर मात्र बल्छी थाप्न पाउने ब्यवस्था छ । पोखरा महानगरपालिकाले शुल्क लिएर माछा मार्न लाइसेन्स दिने गर्दछ । फेवाताको मध्यभागमा रहेको तालबाराही मन्दिरले पालेको माछा समेत बेला बेलामा मार्ने गरेकोले पनि प्रहरीले लकडाउनको बेलामा गस्ती बढाएको हो ।

राति २ बजेसम्म गुल्जार रहने पर्यटकीय शहर पोखराको लेकसाइड कोरोना भाइरसको कहरको कारण सरकारले एक महिनादेखि लगाएको लकडाउनको कारण दिउँसै सुनसान छ । पोखरामा विभिन्न कारणले घर फर्कन नपाएका र घर फर्कनभन्दा नेपाल नै सुरक्षित महसुस गरेर बस्ने पर्यटकको संख्या ३ सय ३२ बढी रहेको पर्यटक प्रहरी कार्यालय पोखराले बताएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *