लकडाउनमा सरकारी कर्मचारीहरुको तलबभत्ता नकाटिने

काठमाडौँ : लकडाउनका कारण कार्यालय जान नपाएका सरकारी कर्मचारीहरुलाई उनीहरुको नियमित तलब नकाटिने गरी सरकारले सार्वजनिक बिदा दिएको छ ।

गृहमन्त्रालयले राजपत्रमा यस्तो सूचना जारी गरेको हो । जस अनुसार चैत ९ गतेदेखि कार्यालय जान नसकेका सरकारी कर्मचारीहरुको अवधि सार्वजनिक बिदाको रुपमा गणना हुनेछ । गृहले जारी गरेको सूचनामा उनीहरुको यो बिदालाई सार्वजनिक बिदामा परिणत हुने उल्लेख छ ।

यससँगै उनीहरुले नियमित रुपमा खाइपाइ आएको भत्ता समेत यथावत रहने बताइएको छ । यसबीचमा स्वास्थ्य मन्त्रालयका सहित केही उच्चपदस्थ कर्मचारी नियमित काममै खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *