लकडाउनलाई मौका मानेर चोरहरु चौका हान्दै

जनकपुरधाम, २० चैत । गएराति धनुषाको जनकपुर ८ रामानन्द चोकस्थित धनुषा जनरल स्टोर एवं पान भण्डार पसलमा चोरी भएको छ । पीडित व्यवसायी राम दयाल साहले न्यूज २४ लाई जानकारी गराएअनुसार लकडाउनको मौका छोपेर पसलको ढोका फोडेर चोरले चोरी गरेको हो ।

साहका अनुसार गर्राबाट नगद ३६ हजारका साथै पसलमा भएको १०० र ५० का रिचार्ज कार्ड, रजनीगन्धा, साबुन, रेडबुललगायतका झण्डै डेढ़ लाख बराबरको सामग्री चोरी भएको छ ।

स्थानीय जानकी प्रहरी चौकीलाई खबर गरेपछि यस घटनाको मुचुल्का उठाउने कार्य सम्पन्न भएको साहको भनाइ छ । लकडाउन भएको बेला पसल बन्द गरेर घरमै बस्ने गरेको मौका छोपेर चोरले चोरी गरेको स्थानीयवासीको प्रतिक्रिया छ । सम्पूर्ण ब्यापार ठप्प भएको र पसल बन्द भएको बेला स्थानीय प्रशासन र सुरक्षा निकायलाई अझ बढ़ी गम्भीर र चनाखो भएर जनताको धनमालको रक्षा गरिदिन नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले आग्रह गर्नु भएको छ ।

मिश्रले चोरी गर्नेहरुलाई यथाशीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन प्रहरीसंग माग गरेका छन् । प्रहरीले चोरीको घटना बारे अनुसन्धान सुरु भइसकेको प्रतिक्रिया दिएको छ । न्युज २४ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *