लकडाउनले रोकेन किसानहरुलाई, सबैलाई खेतिपातीमा भ्याईनभ्याई

भोजपुर, १५ बैशाख । कोरोना संक्रमणबाट सावधानी अपनाउँदै सरकारले गरेको लकडाउनले देश ठप्प भएपनि भोजपुरका ग्रामीण भेगका किसानलाई भने खेतीपाती गर्न भ्याईनभ्याई छ । खेतीपातीको सिजनमा लकडाउनको पर्वाह नगरी किसानहरु धान, मकैबाली लगाउनमा व्यस्त बनेका छन् ।

सम्भावित कोरोना संक्रमणको जोखिम हुन नदिन सरकारले लगाएको लकडाउनले जिल्लाको वजार ठप्प भएको वेला ग्रामीण भेगका किसानलाई भने लकडाउन भन्दा खेतीपातीको बढी चटारो भएको जिल्ला कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । भोजपुर नगरपालिका ८ दुम्सिकाका कृषक कृष्णकुमार खड्काले लकडाउनले बालवच्चाको पढाईमा असर गरे पनि आफ्नो दैनिकिमा भने समस्या नपरेको बताए ।

असारको वर्षे धान लगाउन व्यस्त रहेका भोजपुरका कृषकहरुलाई खेतिबाली लगाउन खेताला पर्मपात गर्नलाई पहिला झै सहजै भएको वताउने कृषकहरु यतिबेला धान रोप्न व्यस्त देखिन्छन् । कृषक उर्मिला खड्काले पनि कृषिबाट जीविका चलाउने किसानहरु वर्ष भरका लागि अन्न फलाउन लकडाउनको पर्वाह नगरी खेतबारीमा काम गरि रहेको बताईन ।

कृषिज्ञान केन्द्र भोजपुरको प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार माना खाएर मुरी फलाउने किसानहरु लकडाउनको समयमा पनि कृषिमा लागेकाले यता कृषि ज्ञान केन्द्र भोजपुरले पनि लकडाउनको बेला किसानलाई रासायनिक मल उपलब्ध गराउनका लागि सम्बन्धित वितरकसंग ईमेलमार्फत सिफारिस दिने व्यवस्था मिलाएको बताएको छ ।गत आर्थिकवर्षमा भोजपुुरमा ३२ हजार ४ सय ५७ मेट्रिक टन धान र २ दशमलब १८ मेट्रिक टन मकै उत्पादन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *