लकडाउनले सडकका सयौं कुकुर भोकभोकै भएपछि खाना खुवाउन थालियो

दाङ, २० चैत । लकडाउनमा मानिस मात्र परेका छैनन् । पशुचौपाया समेत प्रभावित भएका छन् । चैत ११ गतेदेखि २५ गतेसम्मको लकडाउनका कारण मानिसहरु एकान्तबासमा बसेका छन्हो टल रेष्टुरेन्ट,चिया नास्ता र अन्य पसल बन्द भएका छन् ।

खाना नास्ता पसल लामो सम्मदेखि पूर्णरुपमा बन्द भएपछि सबैभन्दा बढी शहर बजारका सयौं कुकुर भोकभोकै छन् । मासुपसल पनि बन्द छन् । कुकुरले राँगा, खसी, भेडा,कुखुराको मासु बिक्रि गर्ने पसल आसपासमा बसेर आफ्नो खुराक पूरा गर्दथ्ये । तर चैत ११ गतेदेखि भने खान नपाएर मर्ने अवस्थामा तुलसीपुरका स्थानीय युवाहरुले कुकुरलाई भात मासु खुवाउन शुरु गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बीरेन्द्रकुमार शाह,वडा सदस्य एबम अधिकारकर्मी सुरेशकुमार श्रेष्ठ लगायतले दैनिक एक सय बढी कुकुरलाई भात र मासु खुवाउन शुरु गर्नुभएको छ । एक सय कुकुरलाई दैनिक २५ किलो चामल र ५ के।जी। मासु खुवाउन शुरु गरिएको हो । मर्न थालेका कुकुरहरु अव भने बाँच्ने अवस्थामा पुगेका छन् ।

सयौं कुकुर भोक भोकै मर्नुपनि वातावरण प्रतिकुल हुने निष्कर्षका साथ मासु भात खुवाउन थालेका शाह र श्रेष्ठको भनाइ छ । लकडाउन कायम रहेसम्म कुकुरलाई खाना खुवाउने काम जारी राखिने पनि उहाँहरुले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *