लकडाउन उल्लंघन गरी श्रीमती भेट्न पुगेका सई युवाहरुको फन्दामा

काठमान्डौ: लक डाउनका बेला बिनापासको गाडी चढेर गोरखा पुगेका प्रहरी नायब निरीक्षक पीके यादवलाई गोरखाको प्रहरीले बाटो बाटै फिर्ता गरेको छ। प्रहरीको बर्दीमै बा २१ च १२६१ नंबरको स्कोरपियो चढेर गोरखा पुगेका सई यादव लाई बारकिलोबाट फिर्ता गरेको जिल्ला प्रहरी प्रमुख ओम अधिकारीले जानकारी दिए ।

‘सोधखोज गर्दा बर्दी लगाएर नीजि काम गर्न आएको भन्ने बुझियो त्यसैले हामीले तत्काल त्यहीँबाट फर्कन आदेश गरेपछि उनी फर्किए’, एसपी अधिकारीले भने, ‘उनी बारकिलोबाटै फर्किएका छन् ।’ सई यादव महानगरीय प्रहरीवृत्त कमलपोखरीमा कार्यरत हुन् ।श्रीमती भेट्न भन्दै बिहीबार युनिफर्ममै गोरखा पुगेका प्रहरी सई पिके यादव ड्युटीमा खटिएका युवाहरुको फन्दामा परेका हुन्।

बिहिबार युनिफर्ममै गोरखातर्फ गएका थिए । उनलाई गोरखा नगरपालिका ११ स्थित बारकिलोबजारमा सडक सुरक्षामा खटिएका युवाहरुले गाडी रोकेर अघि बढ्न दिएका थिएनन् । उनी सवार बा २१ च १२६१ नम्बरको स्कारपियो पनि युवाहरुले नियन्त्रणमा लिएका ड्युटीमा खटिएका स्थानीय युवा अनील कुँवरले जानकारी दिए। ‘उहाँ युनिफर्ममै हुनुहुन्थ्यो।

हामीले पास खोज्यौं, छैन भन्नुभयो,’ अनि हामीले अगाडि बढ्न दिएनौं’, उनले भने, ‘जिल्लाका एसपीसाबले युनिफर्ममा आएको भए छोडिदिन आग्रह गर्नुभो, तर हामीले छाडेनौं।’ लकडाउनका बेला अनियन्त्रित रुपमा मान्छेहरुको आवतजावत भएको भन्दै बिगत चारदिनदेखि यहाँका युवाहरु सवारी निगरानीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *