लकडाउन उल्लंघन गरी हिड्नेलाई १ सयदेखि १ हजार रुपैयाँ जरिवाना

काठमाडौं , २८ चैत । काठमाडौंको चन्द्रागिरी नगरपालिका क्षेत्र भित्र लकडाउन उलङ्घन गर्नेहरूलाई ठाउँको ठाउँ जरिवाना लगाईने भएको छ । चन्द्रागिरीका नागरिकलाई कोरोना संक्रमणवाट सुरक्षित बनाउन नगरपालिकाले यस्तो निर्णय लिएको हो ।

चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले संक्रमण हुने जोखिम न्यूनीकरणको लागि घरभित्रै बस्नुको विकल्प नरहेको बताउदै जथाभावी अनावश्यक हिडडुँल हुन थाले पछि नगरपालिकाको आर्थिक ऐन २०७६ अन्तर्गत कारबाही गरिने दृढता व्यक्त गर्नुभयो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले चन्द्रागिरी नगरपालिकामा केही व्यक्तिहरू अझैपनि अनावश्यक रूपमा हिडडुल गर्ने, भित्री एरियाहरूमा लुकिछिपी मदिरा तथा चिया पसलहरू खोल्ने गरेको पाईएकोले त्यसको नियन्त्रण गरी लकडाउनको पूर्णपालना गराउँदै समस्त नगरवासीलाई संक्रमणबाट सुरक्षित बनाउन प्रहरी कडा रूपमा परिचालित भएको बताउनु भयो ।

शुक्रबार विहानबाट सुरू गरिएको कारबाहीमा ५२ जनालाई जरिवाना गराउनुका साथै दुई घण्टा उभ्याएर थानकोट प्रहरीले संक्रमणको सम्बन्धमा सचेत समेत गराएको छ । दुई पटक भन्दा बढी नियम उल्लंघन गरेमा डबल दस्तुर सहित कारबाही हुने नगरपालिका प्रमुख गिरी भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *