लकडाउन कडा पार्ने भन्दै राजमार्गमै काँडेतार

काठमाडौं : राम्दी खोलालाई स्याङ्जा र पाल्पा जिल्लाको सीमा नदी मानिएको छ। स्याङ्जा गण्डकी प्रदेशमा र पाल्पा प्रदेश ५ पर्ने भएकाले यही खोला दुई प्रदेशको सीमाना पनि हो । पोखराबाट बुटबल जोड्ने सिद्धार्थ राजमार्गमा यी दुई प्रदेश जोड्न राम्दी खोला माथि पुल बनाइएको छ।

गण्डकी प्रदेशले कोरोना रोकथामका लागि भन्दै लक डाउनलाई अझै कडा बनाउने निर्णय गरेसँगै राम्दी खोलाको स्याङ्जातर्फको पुलको मुखमै तारबार लगाएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुरक्षाकर्मी परिचालन गरेर प्रदेश प्रवेशविन्दुमा तारबार लगाए को सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए।

‘प्रदेशले लक डाउन कडा बनाउन कोही पनि प्रवेश गर्न नदिने भनेको छ नि त,’ गिरीले सेतोपाटीसँग भनेका छन्- ‘त्यसपछि हामीले तारबार लगायौं ।’ उनले तार बारसँगै सिमानामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको बताए । किन भन्ने प्रश्नमा सहायक सिडिओ गिरीले भने- यसबारे प्रदेशलाई नै सोध्नु। विस्तृतमा सेतोपाटीमा खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *