लकडाउन केही खुकुलो हुन सक्ने संकेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले २५ वैशाखपछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् ।

सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझाबहरू आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उनले बताए । कृषि, उद्योगधन्दा तथा अरू महत्वपूर्ण कुराहरूलाई मध्यनजर गर्दै लकडाउनको स्वरूप परिवर्तन हुन सक्ने उनले जानकारी दिए ।

काेरोनाका कारण दीर्घरोगी र अन्य बिरामीहरू अस्पतालबाट पाउने सेवाबाट वञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीहरूलाई अस्पतालसम्म पुर्‍याउन पनि लकडाउनको स्वरूप परिवर्तन हुन सक्ने उनले बताए ।

‘बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जानुपर्छ । अब सहजीकरण गर्दै जानुपर्छ । कृषि, उद्योगधन्दाहरू अरू विभिन्न खालका विषयमा अतिरिक्त महत्वपूर्ण कुराहरूका विषयमा विचार पुर्‍याउनुपर्छ,’ उनले भने ।

मन्त्री ढकालले विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरूको र्‍यापिड डाइग्नोष्टिक परीक्षण जारी रहेको पनि बताए । सर्वोच्च अदालतले बाटोमा रहेका र सीमानाकामा रहेका नागरिकहरूलाई उनीहरूको घरसम्म पुर्‍याउन आदेश जारी गरेपछि सरकारले घर पुर्‍याउने नीति अवलम्बन गरेको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *