लकडाउन खुकुलो पारिँदै

नयाँदिल्ली : भारतमा दोस्रो चरणको लकडाउन यही मे ३ गते सकिँदैछ ।प्रधानमन्त्री नरेन्द्र मोदीले एक हप्ताअघि नै यसबारे मुख्यमन्त्रीहरुसँग छलफल गर्दैछन् । सोमबार बिहान मोदीले भिडिओ कलमार्फत लकडाउनलाई अब खुकुलो बनाउन मुख्यमन्त्रीहरुलाई भन्ने बुझिएको छ ।

खसगरी कोरोना भाइरसको प्रभाव कम भएका राज्य र सहरमा लकडाउनलाई खुकुलो पार्न उनले सम्बन्धित मुख्यमन्त्रीलाई भन्नेछन् । सोमबार तय गरिएको मुख्यमन्त्रीहरुसँग चौथो ‘भिडिओ सन्फ्रेन्स’ हो । मार्च २२ मा उनले पहिलो पटक मुख्यमन्त्रीहरुसँग लकडाउन गराउनेबारे परामर्श गरेका थिए । त्यसपछि पहिलो पटक मार्च २४ देखि लकडाउन घोषणा गरेका हुन् ।

भरतीय मिडियाका अनुसार मोदीले विशेष रेल सेवा तथा ढुवानी सेवालाई सञ्चालन गर्न अनुमति दिनेबारे मुख्यमन्त्रीहरुलाई भन्नेछन् । साथै घर फर्कन नपाएर अलपत्र परेका कामदारहरुका लागि पनि सवारी खुला गरिदिने उनले घोषणा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *